Government of Nepal Logo
Government of Nepal Logo
गण्डकी प्रदेश सरकार

पूर्वाधार विकास निर्देशनालय, गण्डकी

पूर्वाधार विकास कार्यालय, स्याङ्जा

Syangja
गण्डकी प्रदेश सरकार

पूर्वाधार विकास निर्देशनालय, गण्डकी

पूर्वाधार विकास कार्यालय, स्याङ्जा

Government of Nepal Flag
न्यून व्यान्डविथ Invert Color A- A A+

परिचय

2077-05-25

2077-05-25


पालको संविधान जारी भए पछि संविधानले परिकल्पना गरेको संघियताको मर्म अनुरुप गण्डकी प्रदेश स्थापना भए पश्चात नेपालको संविधानको धारा ५७ र अनुसुची ६ ले दिएको अधिकारको प्रयोग गरी विभिन्न मन्त्रालयहरु र विषयगत कार्यालयहरु स्थापना गरी कार्यसम्पादन गर्दै जाने क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गण्डकी प्रदेश पोखराको निर्णयअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय,गण्डकी प्रदेशको संगठन र व्यवस्थापन सर्वेक्षण स्वीकृत गरी कास्की जिल्लामा स्थापना भएको यस पूर्वाधार विकास कार्यालय स्याङ्जा विधिवत रुपमा संचालनमा आएको हो । कास्की जिल्ला  भित्रका ११ वटा स्थानीय तहहरु कार्यक्षेत्र भएको यस कार्यालयले विशेष गरी जिल्लामा मोटरबाटो, मोटरेवल पुल र झोलुङ्गे पुल निर्माण सम्वन्धी कार्य गर्ने गर्दछ । यसका साथै साविकका शहरी विकास तथा भवन कार्यालयले सम्पादन गर्दै आएको भवन निर्माण  तथा मर्मत र जनता आवास लगायतका आवास ईकाईहरु जस्ता निर्माण कार्यलाई समेत निरन्तरता दिने कार्यालयको उद्देश्य हो । पूर्वाधार विकास कार्यालय, पुतलीबजार-१, स्याङजामा अवस्थित छ । 

 समग्रमा, पूर्वाधार विकास कार्यालय, कास्कीले प्रवाह गर्ने सेवाका क्षेत्रहरु निम्न अनुसार रहेका छन ।

१. प्रादेशिक सडकहरुको निर्माण, स्तरोन्नती तथा मर्मत सम्भार: 

प्रादेशिक सडकहरुको निर्माण, स्तरोन्नती तथा मर्मत सम्भार सम्वन्धी कार्यको लागि पूर्वाधार विकास कार्यालय, कास्की अन्तर्गत तल उल्लेखित कार्यक्रमहरु संचालनमा रहेका छन ।

  • एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रम 
  • प्रादेशिक सडक "क" वर्गका सडकहरु
  • स्थानीय तहहरुको केन्द्र जोडने सडकहरु 
  • प्रादेशिक सडक "ख" वर्गका सडकहरु
  • प्रादेशिक सडक "ग" वर्गका सडकहरु
  • प्रादेशिक सडकहरुको आवधिक तथा नियमित मर्मतसम्भार आदी

२. प्रादेशिक सडकहरुमा सडकपुल निर्माण गर्ने कार्य

३. झोलुङ्गेपुलहरुको निर्माण कार्य

४. भवन, आवास तथा शहरी विकास सम्वन्धी कार्यहरु

५. अन्य प्राविधिक सहयोग तथा परामर्श सम्वन्धी कार्यहरु

 

 

पछिल्लो अपडेट गरिएको : 2082-05-02 16:14:27

© सर्वाधिकार सुरक्षित पूर्वाधार विकास कार्यालय, स्याङ्जा

Powered By: ProActive Developers